काठमाडौं । साविक विजेता ब्राजिल कोपा अमेरिकाको फाइनलमा प्रवेश गरेको छ । रियो दि जेनेरियोको राष्ट्रिय रंगशालामा भएको उक्त खेलमा ब्राजिलले पेरुलाई १–० ले पराजित गरेको हो ।
समूह चरणमा ४–० को रवाफिलो जित निकालेको ब्राजिलले सेमिफाइनलमा भने निकै कठिन चुनौतिको सामना गर्न परेको थियो ।
खेलको ३५औँ मिनेटमा नेइमारको पासमा लुकास पाकेस्टाले गरेको गोल नै ब्राजिलको जितमा निर्णायक रह्यो । प्रतियोगितामा अपराजित रहेको ब्राजिलको प्रदर्शन दोस्रो हाफमा केहि खस्किए पनि पेरुले फाइदा उठाउन सकेन ।
ब्राजिलको ऐतिहासिक मराकाना रंगशालामा हुने फाइनलमा ब्राजिलले अर्जेन्टिना र कोलम्बियामध्ये एकसँग खेल्ने छ । दोस्रो सेमिफाइनल भोलि बिहान हुने बताइएको छ ।