युरोकप फुटबल २०२० को उपाधि इटलीले जितेको छ ।
इङ्ल्याण्डलाई पराजित गर्दै इटलीले १६ औं संस्करणको युरोकप फुटबलको उपाधि जित्न सफल भएको हो ।
आइतबार राति भएको फाइनलमा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३-२ गोल अन्तरले पराजित गर्दै इटलीले उपाधि जितेको हो ।
वेम्बली स्टेडियममा निर्धारित ९० मिनेट र अतिरिक्त समयको खेल १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो ।
पेनाल्टीमा इटलीका डोमिनिको बेरार्डी, लियोनार्दो बुनिची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे । आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन् ।
इङ्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे । तर, मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन् ।
खेलमा लुक शाले दोस्रो मिनेटमै इङ्ल्याण्डलाई अग्रता दिलाएका थिए । यता, इटलीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए ।
योसँगै इटलीले दोस्रो पटक युरोकपको उपाधि जितेको छ । यसअघि सन् १९६८ मा इटलीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटली पराजित भएको थियो ।
इटलीसँग पराजित भएसँगै इङ्ल्याण्डको युरोकपको उपाधि जित्ने सपना भने चकनाचुर भएको छ ।