मंसिर ०७, २०८१, शुक्रबार
               

मेस्सीले गरे बार्सिलोनासँग सम्झौता नवीकरण

नेपाल फ्ल्यास
असार ३१, २०७८

ADVERTISEMENT

एजेन्सी । अर्जेन्टिनाका सुपरस्टार स्ट्राइकर फुटबल खेलाडी लियोनल मेस्सीले आफूले लिँदै आएको तलवमा ५० प्रतिशत कटौती हुने गरी बार्सिलोनासँग थप पाँच वर्षको लागि सम्झौता नवीकरण गरेका छन् ।

गत जुन ३० तारीकमा सम्झौता सकिएपछि मेस्सी फ्रि एजेन्ट भएर बसेका थिए । उनले बार्सिलोनामा वार्षिक १२३ मिलियन पाउण्ड तलव लिँदै आएको विभिन्न समाचारमा जनाइएको छ ।

कोपा अमेरिकाको उपाधि जितेपछि मेस्सी छुट्टीमा रहेकाले सम्झौतलाई अन्तिम रुप दिन बाँकी रहेको बुझिएको छ । बार्सिलोनाका नवनियुक्त अध्यक्ष जोन लापोर्टाले मेस्सीको सम्झौता नवीकरणका लागि हरसम्भव प्रयास गरेका थिए ।

आर्थिक भार कम गर्नका लागि बार्सिलोनाले स्ट्राइकर एन्टोइन ग्रिजमनलाई एट्लेटिको मड्रिडका मिडफिल्डर साउल निगुजसँग साट्ने प्रस्तावसमेत गरेको छ ।

जुनियर फिर्पो, जिन क्लेयर टोडिबो र कार्लेस एलेनालाई विक्री गर्नुको कारण पनि आर्थिक राहत नै भएको बताइन्छ । तर ठूला नामलाई नबेचेसम्म उसले ठूलो फाइदा पाउने छैन ।

मेस्सीको नाम फ्रान्सको पेरिस सेन्ट जर्मेइन र इंग्ल्याण्डको म्यानचेस्टर सिटीसँग पनि सम्भावित सम्झौताका लागि जोडिएको थियो । सन् २००० देखि बार्सिलोनामा रहेका मेस्सीले बार्सिलोनाका लागि कीर्तिमानी ६ सय ७२ गोल गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि