मंसिर ०६, २०८१, बिहीबार
               

दोस्रो टेस्टमा भारतले हरायो इंग्ल्यान्डलाई

नेपाल फ्ल्यास
भदौ ०१, २०७८

ADVERTISEMENT

एजेन्सी । भारतले दोस्रो टेस्टमा इंग्ल्यान्डलाई हराउँदै ५ टेस्टको शृङ्खलामा १–० को अग्रता बनाएको छ । लर्डस मैदानमा खेलिएको खेलमा भारतले इंग्ल्यान्डलाई १५१ रनले हरायो । जसप्रीत बुमराह र मोहम्मद शमीको ८९ रनको साझेदारीपछि भारतले इंग्ल्यान्डसामु जितका लागि २७२ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा इंग्ल्यान्डको टोली १२० रनमा अलआउट भयो ।

इंग्ल्यान्डलाई सस्तोमा समेट्न मोहम्मद सिराजले ४ विकेट लिए । उनीले जस बटलर, मोइन अली, स्याम करन र जेम्स एन्डरसनलाई आउट गरे । उता, बुमराहले ३, इशान्त शर्माले २ र शमीले १ विकेट लिए । भारतका तीव्र गतिका बलरहरुले दुई पारीमा कूल १९ विकेट लिए ।

पहिलो पारीमा लोकेश राहुलले १२९ रन बनाएका थिए । उनी म्यान अफ द म्याच चुनिए । ट्रेन्ट ब्रिजमा खेलिएको पहिलो टेस्ट वर्षाका कारण बराबरीमा सकिएको थियो ।

भारत र इंग्ल्यान्डबीच हालसम्म १२८ टेस्ट खेल भएका छन् । यसमध्ये भारतले ३० र इंग्ल्यान्डले ४८ खेलमा जीत हासिल गरेका छन् । ५० खेल बराबरी भएका छन् । इंग्ल्यान्डमा नै दुई टोलीबीच ६४ खेल खेलिएका छन् । जसमध्ये भारतले ८ र इंग्ल्यान्डले ३४ खेल जितको छ भने २२ वटा बराबरी भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि