मंसिर ०७, २०८१, शुक्रबार
               

बार्यनले जित्यो जर्मन सुपर कपकाे उपाधि

नेपाल फ्ल्यास
भदौ ०२, २०७८

ADVERTISEMENT

साविकको विजेता बायर्न म्युनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ । चिर परिचित प्रतिद्धन्द्धी बोरुसिया डर्टमुन्डलाई उसकै मैदानमा ३–१ ले हराउँदै बायर्न लगातार दोस्रो सिजन सुपर कप च्याम्पियन बन्न सफल भएको हो ।। जीतका लागि  पोलिस स्टार रोबर्ट लोवान्डोस्की नायक बने । उनले  २ गोल गरेका थिए । 

‘सुपर कप’ उपाधिका लागि भएको खेलमा बार्यनले डार्टमुण्डलाई ३- १ ले पराजित गरेको हो ।बार्यनकाे जीतमा स्टार लेवान्डोस्कीले ४१ औं मिनेटमा शुरुवाती गोल गरेका थिए । मुलरले त्यसलगतै ४९ औं मिनेटमा गोल गर्दै टिमको अग्रतालाई दोब्बर पारेका थिए । 

बोरुसिया डार्टमुण्डका तर्फबाट मार्को रेउसले ६४ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा पुय्राएका थिए । तर खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गरेसँगै ३-१ को नतिजासहित बार्यनले उपाधि जित्न सफल भएको हो ।

बायर्नको यो सिजनको पहिलो उपाधि हो । प्रि–सिजन र बुन्डेसलिगाको पहिलो खेलमा जित निकाल्न नसकेको बायर्नले सुपर कपमा भने जित निकाल्न सफल भएको हो । 


कस्तो लाग्यो ?

यो पनि