मंसिर ०७, २०८१, शुक्रबार
               

एकेडेमी सञ्चालनका लागि क्लव च्यासल युथ क्लव छैटौं टिम

नेपाल फ्ल्यास
भदौ ०४, २०७८

ADVERTISEMENT

सहिद स्मारक ए डिभिजन क्लव च्यासल युथ क्लवले एकेडेमी सञ्चालनका लागि कीर्तिपुरको पुष्प सदन बोर्डिङ स्कुलसँग सम्झौता गरेको छ । 

पछिल्लो पटक एएफसीको क्लव लाइसेन्सका लागि अनिवार्य सर्तमा पर्ने एकेडेमीको अवधारणालाई विभिन्न क्लव सुरु गरेका छन् । यस्तैमा च्यासलले पनि आफ्नो एकेडेमी सुरु गर्ने भएको छ । जसका लागि क्लव, स्कुल र एन्फाबीच त्रिपक्षीय सम्झौता भएको छ ।

जसमा च्यासलका अध्यक्ष रमेश ब्यञ्जनकार र पुष्प सदन स्कुलका प्रिन्सिपल रामधन राईबीच सम्झौता भएको छ । यस्तै एन्फाबाट उपाध्यक्ष उपेन्द्रमान सिंहले सम्झौता गरेका हुन । 

सम्झौतासँगै एकेडेमी च्यासल पुष्पसदन युथ फुटबल एकेडेमीको नामबाट सञ्चालन हुनेछ । एकेडेमीमा क्लवका सात जना, स्कुलका सात जना गरेर पहिलो वर्ष समावेश हुनेछ । दोस्रो वर्षबाट एकेडेमीमा खेलाडीको संख्या २१ पुग्नेछ । 

ए डिभिजन लिग खेल्ने क्लवमा एकेडेमी सञ्चालन गर्ने च्यासल छैटौं टिमसमेत बनेको छ । यसअघि आर्मी, पुलिस, एपीएफ, मच्छिन्द्रर मनाङ, संकटा, एनआरटी र सातदोबाटोले एकेडेमीका लागि सम्झौता गरिसकेका छन ।


कस्तो लाग्यो ?

यो पनि