मंसिर ०७, २०८१, शुक्रबार
               

एसियन बक्सिङमा नेपाललाई सफलता

नेपाल फ्ल्यास
भदौ ०७, २०७८

ADVERTISEMENT

काठमाडौं । दक्षिण एसियाली खेलकुदको तेह्रौँ संस्करणमा बक्सिङ खेलले आफ्नो इतिहास कायम गर्न सफल नेपाली बक्सिङलाई जुनियर तथा युथ बक्सिङतर्फ पनि एसियनस्तरमा अर्को ऐतिहासिक सफलता प्राप्त भएको छ ।

दुबईमा जारी एएसबीसी जुनियर तथा युथ ब्वाइज एण्ड गर्ल्स बक्सिङको जुनियर ५४ किलो तौल समूहअन्तर्गत स्कुले मुक्केबाज छिरिङ वाङ्दी शेर्पाले तीनवटै राउन्डमा आफ्नो वर्चस्व कायम गर्दै ५-० को आधारमा जीत हासिल गरेका छन् । उनले क्वार्टर फाइनलमा प्रतिद्वन्द्वी कुवेतका मोहमद्लाई पराजित गरेका हुन् ।

अब छिरिङले काजकिस्तानका अडाल्बेक नियाज्बासँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्ने छन् ।

यसैगरी नेपालका दुई जना महिला मुक्केबाजहरू स्वस्तिका तिरुवाले र नारीका राईले पनि क्रमशः ५२ किलो तथा ५७ किलो तौल समूहअन्तर्गत नेपाललाई कास्य पदक पक्का गरी गरिसकेका छन् । यसरी ६ जना सहभागी मुक्केबाजहरूमध्ये हालसम्म ३ कास्य पक्का गरेका हुन् ।

नेपालले पदकको आशा गरेका अर्का युवा मुक्केबाज इन्द्रबहादुर सुनारले पनि बहादुरीका साथ इरानी प्रतिद्वन्द्वीलाई पहिलो राउन्डमा उत्कृष्ट खेल प्रदर्शन गर्दै विजयी सुरुवात गरे । तर दोस्रो र तेस्रो राउन्डमा इरानी मुक्केबाजले खेल आफ्नो पोल्टामा पार्दै इन्द्रलाई रोके ।

७१ किलो तौलमा नेपालका सुदेन गिरी आफ्नो तौलका विश्व वरीयतामा अगाडि रहेका मुक्केबाजसँग आरएससीको आधारमा पराजित भए ।

अर्का युवा मुक्केबाज सुलभ मालीले ५४ किलो तौल समूहमा इरानी प्रतिद्वन्द्वी अलियस्घसँग प्रतिस्पर्धा गर्दै छन् ।


कस्तो लाग्यो ?

यो पनि