मंसिर ०७, २०८१, शुक्रबार
               

बन्द प्रशिक्षणबाट ३ खेलाडी आउट

नेपाल फ्ल्यास
भदौ ०८, २०७८

ADVERTISEMENT

भारतसँगको मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसिपका लागि राष्ट्रिय टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २५ खेलाडीको सूची सार्वजनिक गरेका छन् । पोखरामा प्रशिक्षण गरिरहेको टिमबाट गोलकिपर अर्पण कार्की सहित शिशिर लेखी र अभिशेख रिजाललाई टिमबाट हटाइएको छ ।

पहिलो चरणमा ५० खेलाडीलाई क्याम्पमा बोलाएकोमा त्यो सूचीलाई प्रशिक्षक अब्दुल्लाहले विभिन्न चरण गरेर २५ मा झारिएको छ । 

भारतसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली टिम अन्तिम तयारीमा रहेको छ । त्यसपछि नेपालले माल्दिभ्समा साफ च्याम्पियनसिप खेल्नेछ ।

नेपालले भारतसँग सेप्टेम्बर दुई र पाँचमा दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । त्यसपछि नेपाली टिमले साफमा पहिलो खेल माल्दिभ्ससँग खेल्नेछ ।  नेपालसँगको मैत्रीपूर्ण खेलका लागि भारतीय टिम कोलकाताबाट अगष्टको ३० तारिखमा काठमाडौं पुग्नेछ । 

अक्टोबर १० बाट सुरु हुने साफ च्याम्पियनसिपमा नेपालले साविक विजेता माल्दिभ्सपछि दोस्रो खेलमा श्रीलंका तेस्रो खेलमा भारत र लिगको अन्तिम खेलमा बंगलादेशसँग खेल्नेछ । प्रतियोगिताको शीर्ष दुई टिमले फाइनल खेल्नेछन । 

नेपाली फुटबल टिमः

किरण चेम्जोङ, दिप कार्की, विशाल श्रेष्ठ, विकेश कुथु, आशिष लामा, अनन्त तामाङ, अञ्जन विष्ट, आयुष घलान, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, पुजन उपरकोटी, राजन गुरुङ, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज जिउ ठकुरी, तेज तामाङ ।


कस्तो लाग्यो ?

यो पनि