फिफा विश्वकप छनोटमा इंग्ल्यान्डले सानदार जीत दर्ता गरेको छ । इंग्ल्यान्डले घरेलु टोली हंगेरीमाथि ४–० को फराकिलो जित हात पारेको हो ।
पुस्कास एरिना बुढापेस्ट रंगशालामा बिहीबार राति भएको खेलको ५५औं मिनेटमा रहिम स्टर्लिङको गोलबाट इंग्ल्यान्डले अग्रता लिएको थियो । ६३औं मिनेटमा कप्तान ह्यारी केनले स्टर्लिङको पासमा गोल गर्दै इंग्ल्यान्डको अग्रता दोब्बर पारे ।
६९औं मिनेटमा ह्यारी मगाएरले लुक साको पासमा गोल गरेपछि इंग्ल्यान्ड फराकिलो जिततर्फ अग्रसर बन्यो । निर्धारित खेल सकिन तीन मिनेट बाँकी रहँदा ज्याक ग्रेलिसको पासमा डिक्लन रिसले गोल गर्दै इंग्ल्यान्डलाई ४–० को फराकिलो जित दिलाए ।
यो नतिजापछि समूह ‘आई’ मा इंग्ल्यान्ड ४ खेलमा अपराजित रहँदौ १२ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ ।