मंसिर ०७, २०८१, शुक्रबार
               

विश्वकप छनोटमा ब्राजिल र अर्जेन्टिना विजयी

नेपाल फ्ल्यास
भदौ १८, २०७८

ADVERTISEMENT

ब्राजिलले विश्वकप छनोटमा लगातार सातौँ जीत दर्ता गर्दा गर्दै शीर्षस्थान कब्जामै राखेकाे छ । ब्राजिलले चिलीलाई उसकै मैदानमा १–० ले पराजित गर्दै अपराजित यात्रा कायमै राखेकाे हाे । 

चिलीमा शुक्रबार बिहान भएको प्रतिस्पर्धात्मक खेलको ६४औं मिनेटमा सब्सिच्युट मिडफिल्डर एभर्टन रिवेइरोले गोल गर्दै जित पक्का गरे । त्यसपछि दुवै टोलीबाट गोल हुन नसक्दा चिलीले हार व्याहाेर्नु परेकाे हाे । 

लगातार सातौँ जीत निकालेपछि ब्राजिल विश्वकपको छनोटनजिक पुगेको छ । अब ब्राजिलले २ अंक जोड्न सके कतार विश्वकपमा स्थान पक्का गर्नेछ ।

अर्जेन्टिनाले पनि दक्षिण अमेरिकी छनोटमा भेनेजुएलालाई पराजित गरेको छ । अर्जेन्टिनाकाे जीतमा फरवार्ड लोउटारो मार्टिनेजले एक गोल र अर्काे गोलको लागि असिस्ट गर्दै नायक बने । 

शुक्रबार बिहान भएको खेलमा पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै अर्जेन्टिनालाई १–० को अग्रता दिलाए । ७१औं मिनेटमा सब्सिच्युट जोआक्विन कोरेआले गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । ७४औं मिनेटमा अर्का सब्सिच्युट खेलाडी एन्जल कोरेआले गोल गर्दै अर्जेन्टिनालाई ३–० ले अघि बढाए ।

९०औं मिनेटमा यफेर्सन सोटेल्डोले पेनाल्टीमार्फत एक गोल फर्काए पनि टोलीको हार टार्न सकेन । दक्षिण अमेरिकी छनोटमा चौथो जितसहित अर्जेन्टिना ७ खेलबाट ४ जित र ३ बराबरीका साथ १५ अंक जोडेर दक्षिण अमेरिकी छनोटमा दोस्रो स्थानमा छ ।


कस्तो लाग्यो ?

यो पनि