भारतविरुद्धको दोस्रो मैत्रीपूर्ण खेलका लागि नेपालको सुरुवाती-११ घोषणा भएको छ । नेपालले दोस्रो खेलमा तीन परिवर्तन गरेको छ ।
सुमन अर्याल, नवयुग श्रेष्ठ र अन्जन विष्ट बाहिरिएका छन् भने सुजल श्रेष्ठ, आशिष लामा र मनिष डाँगीले सुरुवाती-११ मा स्थान बनाएका छन् ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलिरहेको छ । बिहीबार भएको पहिलो खेल १-१ गोलको बराबरीमा सकिएको थियो ।