नेपाल र भारतबीच भर्खरै सम्पन्न दोस्राे मैत्रीपूर्ण खेलमा भारतले नेपालमामाथि जित दर्ता गरेकाे छ । भारतले नेपालमाथि २-१ गोल अन्तरले जित हासिल गरेकाे हाे ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी दोस्रो खेलको दोस्रो हाफमा दुई गोलले पछि परेको स्थितिमा नेपालले गोल फर्काएको हो ।
नेपालका मिडफिल्डर तेज तामाङले गोल गरेका हुन् । उनको गोलसँगै खेल २-१ ले अगाडि बढेको छ ।
त्यसअघि भारतका लागि फारुख चौधरी र सुनिल क्षेत्रीले एक-एक गोल गरेका थिए । फारुख चौधरीले ६२ मिनेटमा गोल गरे भने सुनिलले ८० मिनेटमा गोल गरेका थिए ।
पहिलो मैत्रीपूर्ण खेलमा १-१ काे बराबरीमा नेपालले राेकेकाे थियो ।