मंसिर ०७, २०८१, शुक्रबार
               

नेपाली मुख्य प्रशिक्षक अल्मुताइरी कतार प्रस्थान

नेपाल फ्ल्यास
भदौ २१, २०७८

ADVERTISEMENT

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी कतार प्रस्थान गरेका छन् । प्रशिक्षक अल्मुताइरी आज सोमबार कतार प्रस्थान गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

साफ च्याम्पियनसिपको लागि नेपाली टिमले कतारको दोहामा तयारी गर्नेछन्, जसका लागि प्रशिक्षक अल्मुताइरी कतार गएका हुन् । नेपाली टिम सेप्टेम्बर १० (भदौ २५) मा दोहा प्रस्थान गर्नेछ। तर, प्रशिक्षक अल्मुताइरी टिमभन्दा अघि नै कतार गएका हुन् ।

माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिप अक्टोबर १ देखि १६ (असोज १५ देखि ३०) गतेसम्म आयोजना हुनेछ । नेपालले आयोजक माल्दिभ्ससँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल अक्टोबर १ (असोज १५) मा मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुनेछ ।

नेपालले दोस्रो खेलमा श्रीलंकासँग अक्टोबर ४ (असोज १८) गते खेल्नेछ । नेपालले तेस्रो खेलमा भारतसँग अक्टोबर १० (असोज २४) र लिग चरणको अन्तिम खेलमा बंगलादेशसँग अक्टोबर १३ (असोज २७) मा खेल्नेछ ।  पाँच राष्ट्र सहभागी प्रतियोगिताको लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि अक्टोबर १६ (असोज ३०) मा प्रतिस्पर्धा गर्ने छन् ।


कस्तो लाग्यो ?

यो पनि