आगामी शुक्रवारदेखि लक्षित गरिएको अफगानिस्तानको व्यवसायी टि-२० क्रिकेट प्रतियोगिता स्थगित गरिएको छ ।
अफगानिस्तानको क्रिकेट बोर्ड एसिबीले प्रतियोगिता स्थगित गरिएको जानकारी दिएको छ ।
सेपगिजा क्रिकेट लिग नामक उक्त प्रतियोगिता फ्रेन्चाइज प्रतियोगिता थियो । जसमा विश्व प्रशिध्द लेग स्पिनर राशिद खान सहित शीर्ष अफगानी खेलाडी १५ दिनको लीगमा खेल्ने तयारीमा थिए ।
उक्त प्रतियोगिताको देशभरि प्रतिस्पर्धा हुने अपेक्षा गरिएको थियो । अफगानिस्तानमा अहिले धेरै खेलकुद प्रतियोगिताहरुको भविष्य अनिश्चित रहेको छ ।
२०१३ मा पहिलो पटक आयोजित उक्त लिग अफगानिस्तान क्रिकेट बोर्डले यस वर्ष तालिबान सत्तामा आए पछि पनि हुने बताएको थियो ।
सोमबार एसीबीका प्रवक्ताले अब यो प्रतियोगिता अगाडि नबढने जानकारी दिए । उनले दुर्भाग्यवश शेपागीजा क्रिकेट लिग स्थगित भएको छ बताएका थिए ।
उनले अफगानिस्तानको वर्तमान वित्तीय स्थितिले यस्तो कार्यक्रमलाई अगाडि बढाउन असम्भव बनाएको बताउँदै आठ फ्रेन्चाइजी तथा अफगानिस्तान क्रिकेट बोर्ड प्रतियोगिता स्थगित गर्न सहमत भएको उनले जानकारी दिए ।