मंसिर ०७, २०८१, शुक्रबार
               

ब्राजिललाई ६ अंकको अग्रता

नेपाल फ्ल्यास
भदौ २५, २०७८

ADVERTISEMENT

काठमाडौं । स्टार खेलाडी नेयमार र एभर्टन रिबेइरोको गोलमा ब्राजिलले दक्षिण अमेरिकी छनोटमा लगातार ८औँ जित निकालेको छ । 

शुक्रबार बिहान घरेलु मैदानमा ब्राजिलले पेरुलाई २–० गोल अन्तरले पराजित गरेको हो । ब्राजिलको जितमा स्टार खेलाडी नेयमार र एभर्टन रिबेईरोले १–१ गोल गरे । नेयमारले अर्को गोलको लागि पास उपलब्ध गराएका थिए । 

घरेलु मैदानमा दुबै गोल पहिलो हाफमा भएका थिए । एभर्टनले खेलको १४औँ मिनेटमा नेयमारको पास सदुपयोग गर्दै टोलीलाई अग्रता दिलाएका थिए । 

खेलको ४०औँ मिनेटमा नेयमारले ब्राजिललाई दोहोरो अग्रता दिलाए । बाँकी समय दुबै टोलीले पाएको अवसर सदुपयोग गर्न सकेनन् । 

जितसँगै कतार विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोटमा ब्राजिलले ८ खेलमा शतप्रतिशत जित निकाल्दै २४ अंक जोडेको छ । उ खेल तालिकाको शीर्ष स्थानमा छ । अर्जेन्टिना ८ खेलबाट १८ अंक जोड्दै दोस्रो स्थानमा छ । अर्जेन्टिनाले तेस्रो स्थानको उरुग्वेसङ तीन अंकको अग्रता बनाएको  हो । 

बिहान अन्य खेलमा उरुग्वेले इक्वेडरलाई १(० गोल अन्तरले पराजित गरेको थियो । अर्जेन्टिनाले बोलिभियालाई लियोनल मेस्सीको ह्याट्रिकमा ३–० गोल अन्तरले पराजित गरेको छ । 

सो खेलमा मेस्सीले ब्राजिल पेलेको कीर्तिमान तोडेका हुन् । पेपेले आफ्नो समयमा दक्षिण अमेरिकी मुलुकबाट सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान राखेका थिए । पेलेको ७७ गोलको कीर्तिमान तोड्ने क्रममा मेस्सीले बोलिभियाविरुद्ध ७९ गोल गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि