रोमा । स्टेफन एल शारवीले अन्तिम मिनेटमा गरेको गोलसँगै इटालियन सिरी ए मा रोमाले रोमाञ्चक जित निकालेको छ । आइतबार राति घरेलु मैदान स्टाडियो ओलम्पिकोमा भएको खेलमा रोमाले सासुओलोलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
जोसे माउरिन्होको टोलीलाई अपराजित यात्राको क्रममा स्टेफनसहित ब्रायन क्रिष्टान्टेले एक–एक गोल गरे । सासुओलोको लागि फिलिप डुरिकिकले एक गोल गरे ।
पहिलो हाफमा ब्रयानको गोलसँगै रोमाले खेलमा १–० को अग्रता बनायो । दोस्रो हाफको ५७ मिनेटमा फिलिपले सासुओलोलाई १–१ को स्थितिमा पुर्याए । तर ९० मिनेटपछि थपिएको एक मिनेटमा गोल गर्दै स्टेफनले रोमाञ्चक जितसहित टोलीलाई महत्वपूर्ण तीन अंक दिलाए ।
जितसँग ३ खेलमा ९ अंक बनाएको माउरिन्होको टोली शीर्ष स्थानमा यथावत छ । समान ९ अंक भए पनि एसी मिलान र नापोली क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् ।
आइतबार राति नै भएका सिरी ए का अन्य खेलमा एसी मिलानले लाजियोलाई २–० गोल अन्तरले पराजित गरेको छ। मिलानको जितमा राफयल लेआओ र जालटान इभ्राहिमोभिकले एकरएक गोल गरे ।
टोरिनोले सेलर्निटानालाई ४–०, उडिनेसले स्पेजियालाई १र० तथा जेनोयाले कागरियलीलाई रोमाञ्चक खेलमा ३–२ गोल अन्तरले पराजित गरे । अर्को खेलमा साम्पडोरिया र इन्टर मिलानले २र२ को बराबरी खेले ।