इन्डियन प्रिमियर लिग (आइपिएल)मा चेन्नई सुपर किंग्स विजयी भएको छ । उसले आइतबारको खेलमा कोलकाता नइटराइडर्सलाई २ विकेटको हराएको हो ।
निकै रोमान्चक बनेको खेलमा कोलकाताले दिएको १७२ रनको लक्ष्य चेन्नईले अन्तिम बलमा पूरा गर्दै जित दर्ता गरेकाे हाे । चेन्नईका लागि फाप डु प्लेसिसले सर्वाधिक ४३ रनको योगदान दिँदा, रुतुराज गायकवाडले ४०, मोइल अलीले ३२ र रविन्द्र जडेजाले २२ रन जोडे ।
कोलकाताका सुनिल नारायणले ३, लोकी फर्गुसन, प्रसिद्ध कृष्णा, वरुण चक्रवर्ती र आन्द्रे रसेलले समान १–१ विकेट लिए । १ विकेट रन आउटका रुपमा प्राप्त भयो ।
यसअघि अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७१ रन बनाएको थियो ।