लियोनल मेस्सीले फ्रेन्च क्लब पेरिस सेन्ड जर्मेन (पिएसजी) सँग अनुबन्ध भएपछि पहिलो पटक गोल गरेका छन्।
मेस्सीले युईएफए च्याम्पियन्स लिग अन्तर्गत समूह 'ए' को दोस्रो चरणको खेलमा म्यानचेस्टर सिटीलाई २-० गोल अन्तरले पराजित गर्दा मेस्सी र इड्रीशा गुयेले १/१ गोल गरे ।
प्रतिस्पर्धात्मक खेलमा इन्ड्रिशाले खेलको आठौं मिनेटमा गोल गर्दै पिएसजीलाई अग्रता बनाए । दोस्रो हाफको ७४ मिनेटमा मेस्सीले दोस्रो अग्रता बनाए । खेलको ७४ मिनेटमा केलियन एम्बाप्पेको पासमा मेस्सीले गोल गरे । एमबाप्पेसँग वान टु वान पास खेल्दै मेस्सीले २० यार्डबाट गोल गरेका थिए । बार्सीलोनाबाट पिएसजी आएपछि मेस्सीले चौथो खेलमा गोल गरेका हुन्।
जितसँगै पिएसजी समूह'ए' को शीर्ष स्थानमा छ। २ खेलबाट ४ अंक छ। पराजित म्यान सिटीको भने २ खेलबाट ३ अंक छ। समूहको अर्को खेलमा क्लब ब्रुगले आर बी लाइपजिगलाई २-१ गोल अन्तरले पराजित गरेको छ।