मंसिर ०७, २०८१, शुक्रबार
               

लिभरपुलको सहज जित

नेपाल फ्ल्यास
असोज १३, २०७८

ADVERTISEMENT

यूईएफए च्याम्पियन्स लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फराकिलो जित निकालेको छ। मंगलबार राति भएको खेलमा लिभरपुलले एफसी पोर्टोलाई ५-१ गोल अन्तरले पराजित गरेको हो ।

पोर्टोको मैदानमा लिभरपुलका लागि मोहमद सलाह र रोबर्टो फिर्मिनोले दुई दुई गोल गरे । साडियो मानेको नाममा एक गोल रह्यो । पोर्टो मेहदी तारेमीले एक गोल फर्काए ।

यस जितसँगै समूह बी को लिभरपुलले २ खेलमा ६ अंक जोडेको छ । लिभरपुल शीर्षस्थानमा स्थानमा रहँदा पोर्टो १ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि