काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी-ट्वान्टी क्रिकेटमा विराटनगर वारियर्सले पोखरा राइनोजलाई १ सय ७३ रनको विजयी लक्ष्य दिएको छ ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ५ विकेट गुमाएर १ सय ७२ रन बनायो ।
विराटनगरका लागि आसिफ शेखले ३३ बलमा ६ वटा चौकाको मद्दतमा सर्वाधिक ४४ रन जोडे भने सिकन्दर राजाले २९ रन जोडे ।
पोखराका विक्रम सोवले २ विकेट लिए । विवेक यादव, नन्दन यादव र सहन आराछिगेले एक/एक विकेट हात पारे ।