मंसिर ०६, २०८१, बिहीबार
               

म्यानचेस्टर सिटी र लिभरपुलबीच बराबरी

नेपाल फ्ल्यास
असोज १८, २०७८

ADVERTISEMENT

काठमाडौं । इंलिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका छन् । सडियो मानेले खेलको ५९ मिनेटमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए । तर, ६९ मिनेटमा फिल फोडेनले सिटीबाट बराबरी गोल फर्काए । मोहम्मद सलाहले ७६ मिनेटमा गोल गरेपछि लिभरपुल २–१ ले अघि बढेको थियो । तर खेलको ८१ मिनेटमा केभिन डि ब्रुयनाले सिटीबाट गोल फर्काए । 

यस बराबरीपछि ७ खेलबाट १५ अंक बटुलेको लिभरपुल लिगको दोस्रो स्थानमा छ । जारी लिगमा अहिलेसम्म अपराजित रहने लिभरपुल एक्लो टोली हो । यता, ७ खेलबाटै १४ अंक बटुलेको म्यानचेस्टर सिटी तेस्रो स्थानमा छ । लिगको शीर्ष स्थानमा चेल्सी छ । उसले ७ खेलबाट १६ अंक बटुलेको छ । 


कस्तो लाग्यो ?

यो पनि