मंसिर ०६, २०८१, बिहीबार
               

हिमचितुवाले  उचाले ‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसिप २०२१’ को उपाधि

नेपाल फ्ल्यास
असोज ३१, २०७८

ADVERTISEMENT

‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि  बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि  बक्सरलाई  मात्र रिङमा उतारिने सो अन्तराष्ट्रिय प्रतियोगितामा विजयी हुने उनी पहिलो नेपाली बक्सर भएका छन् ।  

जापानको नायोगा शहरस्थित ‘नायोगा कङ्ग्रेस सेन्टर इभेन्ट हल’मा आज सम्पन्न  ४९ औँ सस्करणको सो  प्रतिस्पर्धामा अन्तराष्ट्रिय बक्सर खेलाडी घिमिरेले जापानका व्यवसायिक किक बक्सर फुजीमुरालाई  परास्त गरेका थिए ।  उनीहरू दुवै  ‘के वान के बक्सिङ् प्रतिष्पर्धा’ मा भिडन्त गरिसकेका अनुभवी खेलाडी हुन् ।

‘हिमालयन चितुवा उपाधि’ले विश्वप्रसिद्ध अविरलले  सो प्रतियोगिता चुमेसँगै सामाजिक सञ्जाल मार्फत जितका लागि आफ्ना पिता अन्तरराष्ट्रिय बक्सिङ खेलाडी एवं प्रशिक्षक देवकुमार घिमिरे, आयोजक सिमुरा डोजो सहित नेपाली खेलप्रेमिलाई सबैलाई धन्यवाद दिएको छ । जापानको चर्चित  सिमुरा डोजोले प्रतियोगिताको संयोजन गरेको थियो । अविरलले सोही डोजो मार्फत आफ्नो प्रतिभा प्रस्फुटन गर्दै आएका छन् ।  प्रशिक्षक  देवका अनुसार नेपाली खेलाडी   ‘हिट ४९ प्रोफेसनल  बक्सिङ च्याम्पियनसिप २०२१’ प्रतियोगितमा छनौट हुुनु आफैमा प्रतिष्ठाको विषय हो ।

उनका अनुसार खेलाडी अविरलले गत चैतमा जापानको टोकियो शहरमा  सम्पन्न ‘के वान फेस्टिवल २०२१’ प्रतियोगिताको उपाधि चुम्ने कम उमेरका पहिलो नेपाली बक्सर बन्ने सौभाग्य प्राप्त गरेकाे छ । उनले जापानी व्यवसायिक बक्सर खोतेचुलाई पहिलो राउण्डमा नै ढालेर नयाँ इतिहास कायम गरेकाे छ ।  यसैगरी उनले गत वर्ष नै ‘प्रोफेसनल किक बक्सिङ हिट ४८’ मा  जापानी खेलाडी योसिदा यइजी माथि सहज जित हात पारेकाे थियो । 
 


कस्तो लाग्यो ?

यो पनि