आइसिसी टि–२० पुरुष विश्वकपमा स्कटल्याण्डले लगातार दोस्रो जित दर्ता गरेको छ । स्कटल्याण्डले मङ्गलबार पहिलो चरण अन्तर्गत समूह ‘बी’को खेलमा पपुवा न्युगिनी (पिएनजी)लाई १७ रनले पराजित गरेको हो । स्कटल्याण्डले प्रस्तुत गरेको १६६ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.३ ओभरमा सबै विकेट गुमाउँदै १४८ रन मात्र बनाउन सक्यो ।
स्कटल्यान्डले दिएको एक सय ६६ रनको लक्ष्य पछ्याएको पीएनजी तीन बल बाँकी रहँदै १४८ रनमा अलआउट भयो । उसका नर्मन भाउनले सर्वाधिक ४७ रन बनाए । स्कटल्यान्डका जोश डेभीले चार विकेट लिए ।
यसअघि पहिले ब्याटिङ गरेको स्कटल्यान्डले रिचि ब्रिङटनको सर्वाधिक ७० रन मद्दतमा एक सय ६५ रन बनाएको थियो । पीएनजीका काबु मोइराले चार विकेट लिए । जितसँगै स्कटल्याण्ड दुई खेलमा चार अङ्कसहित शीर्षस्थानमा पुगेको छ ।