मंसिर ०६, २०८१, बिहीबार
               

पिकेको निर्णायक गोलमा बार्सिलोनाको कठीन जित

नेपाल फ्ल्यास
कात्तिक ०४, २०७८

ADVERTISEMENT

काठमाडौं । जेरार्ड पिकेको निर्णायक गोलमा स्पेनिस बार्सिलोनाले युईएफए च्याम्पियन्स लिगमा कठीन जित निकालेको छ ।

बुधबार राति भएको खेलमा बार्सिलोनाले डिनामो किभलाई १–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३६औँ मिनेटमा पिकेले गोल गरेका थिए । जोर्डी अल्बाको क्रसमा पेनाल्टी बक्समा अनमार्क रहेका पिके गोल गर्न सफल भए ।

च्याम्पियन्स लिगको समूह चरणमा लगातार दुई हार बेहोरिसकेको बार्सिलोनाका लागि बुधबारको रात भने सुखद रह्यो । च्याम्पियन्स लिगमा बार्सिलोनाले पहिलो पटक सुरुवाति दुई खेलमा पराजित भएको थियो ।

जितपछि बार्सिलोना समूह ‘इ’ मा ३ अंकसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानको बायर्नको ६ अंक र बेनफिकाको ४ अंक छ ।

यो पनि