ताजिकिस्तानमा जारी एएफसी यू–२३ एसियन कप छनोटमा नेपाल जितविहीन बनेको छ । आज भएको आफ्नो अन्तिम खेलमा लेबनानसँग ४–० ले पराजित भएसँगै नेपाल जितविहीन बनेको हो ।
रिपब्लिकन सेन्ट्रल स्टेडियममा भएको तेस्रो खेलमा नेपालविरुद्ध लेबनानले १–० को अग्रता लिएको थियो । तर, नेपालले दोस्रो हाफमा थप ३ गोल खान पुग्यो । लेबनानले २६, ४७, ७४ र ८२ औँ मिनेटमा गोल गरेको हो ।
यो प्रतियोगितामा नेपालले कुनै पनि टोलीविरुद्ध गोल गर्न सकेन । यसअघिको संस्करणमा पनि नेपालले यू–२३ एसियन कप छनोटमा गोल गर्न सकेको थिएन ।
यो प्रतियोगिताको पहिलो खेलमा नेपाल इरानविरुद्ध ४–० र दोस्रो खेलमा ताजिकिस्तानसँग ६–० गोल अन्तरले हारको सामना गरेको थियो ।