आईसीसी यू-१९ पुरुष विश्वकप एसिया छनोटमा नेपालले लगातार तेस्रो जित हात पारेको छ ।
सोमबार हङकङलाई ९ विकेटले पराजित गर्दै नेपालले लगातार तेस्रो जित निकालेको हो ।
युएईमा भएको खेलमा हङकङले १२१ रनको कमजोर लक्ष्य दिएको थियो । जवाफमा नेपालले २२.१ ओभरमा १ विकेट क्षतिमा जित निकालेको हो ।
नेपालका लागि ओपनर आकाश त्रिपाठीले अविजित ६४ रनको योगदान दिए भने उत्तम थापा मगर ३९ रनमा अविजित रहे ।
आकाशले ७२ बल खेल्दै ५ चौका र ४ छक्का प्रहार गरेका थिए ।
नेपालले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । ४६.३ ओभरमा १२० रनमा हङकङ अल आउट हुन पुग्यो । नेपालका हेमन्त धामीले ३ विकेट लिए । उनले ९ ओभरमा ३ मेडन राख्दै मात्र १९ रन खर्चिए ।
स्पिनर सुवास भण्डारीले १० ओभरमा जम्मा १० रनमात्र दिए । उनले २ विकेट लिएका थिए ।