काठमाडौं । फिफा महिला विश्वकप फुटबलमा स्विडेनले तेस्रो स्थान पक्का गरेको छ ।
आज ब्रिस्वेनमा भएको खेलमा आयोजक अष्ट्रेलियालाई २–० गोलले हराउँदै स्विडेन तेस्रो बनेको हो ।
स्विडेनका फ्रिडोलिना रोल्फो र कोसाभारे अस्लानीले गोल गरे ।
स्विडेन स्पेनसँग र अष्ट्रेलिया इंग्ल्याण्डसँग सेमिफाइनलमा पराजित भएका थिए ।
महिला विश्वकप फुटबलको फाइनलमा भोलि इंग्ल्याण्ड र स्पेन खेल हुनेछ । दुवै टोली पहिलोपटक फाइनलमा पुगेका हुन् ।
अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरेको महिला विश्वकपमा ३२ टोली सहभागी थिए ।