काठमाडौं । आईतबार राति बार्सिलोना सहरमै अवस्थित ओलिम्पिक स्टेडियममा सम्पन्न खेलमा बार्सिलोनाले काडिजविरुद्ध जित निकाल्न सफल भएको हो ।
काडिजविरुद्ध भने २—० को जित निकाल्न सफल बार्साले पहिलो खेल भने बराबरी खेलेको थियो । बार्सिलोनाको जितमा पेद्री र फेरान टोरेसले समान १—१ गोल गरे ।
बार्सिलोनाको दुवै गोल दास्रो हाफमा गरेको थियो । ८२ औं मिनेटमा पेद्रीले पहिलो गोल गरे ।
त्यसपछि खेलको अन्तिममा अतिरिक्त समयको चौथो मिनेटमा फेरान टोरेसले एक गोल थप्दै बार्सिलोनाको जित दिलाएका थिए ।
यो सँगै बार्सिलोनाको दुई खेलमा चार अंक बटुलेको छ ।