काठमाडाैं । अब मोबाइल ब्यालेन्सबाटै सामान खरिद गर्न मिल्ने व्यवस्था हुने भएको छ ।
डिजिटल पेमेन्ट कम्पनी लिमिटेडले आफ्नो मोबाइलमा रहेको ब्यालेन्सबाटै सामान र सेवा खरिद गर्न मिल्ने गरी सञ्चालन हुन लागेको मोबाइल मनी सेवा सञ्चालन अनुमति मागेको छ ।
कम्पनीले सञ्चालनका लागि अनुमति माग्दै राष्ट्र बैंकमा निवेदन दिएको हो ।
यो नेपाल टेलिकम र राष्ट्रिय वाणिज्य बैंकले संयुक्तरुपमा स्थापना गरेको कम्पनी हो ।