मंसिर ०७, २०८१, शुक्रबार
               

सुर्खेत उद्योग वाणिज्य संघले गर्‍याे पसल सञ्चालन गर्ने निर्णय

नेपाल फ्ल्यास
जेठ २०, २०७७

ADVERTISEMENT

काठमाडौं । सुर्खेत उद्योग वाणिज्य संघले पसल सञ्चालन गर्ने निर्णय गरेको छ । 

 संघले मङ्गलबार विज्ञप्त जारी गर्दै बुधबारदेखि सम्पूर्ण पसल सञ्चालनमा ल्याउने निर्णय गरेको हो । 

फलफूल, तरकारी, डेरी, ग्याँस, पसलहरु भने बिहान ५ देखि ९ र साँझ ५ देखि ८ बजेसम्म सञ्चालनमा रहने संघले जनाएको छ ।

कोरोना रोकथामका लागि सरकारले लकडाउन लम्ब्याउनेबाहेक अन्य कुनै प्रभावकारी काम नगरेको भन्दै संघले लामो लकडाउन थेग्ने नसक्ने बताएको छ ।

अध्यक्ष धनबहादुर रावतले दुई महिनाभन्दा लामो बन्दाबन्दीका कारण व्यापार व्यवसाय धरापमा परेको भन्दै बजेटमार्फत कुनै सहुलियत प्याकेजको घोषणा नभएको भन्दै बाध्य भएर पसल सञ्चालन गर्ने निर्णय गरेको बताए । 

संघले शनिबारबाहेक हरेक दिन बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म सम्पूर्ण पसल खोल्ने जनाएको छ । 

 

यो पनि