मंसिर ०७, २०८१, शुक्रबार
               

यस्तो छ, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागको कार्यतालिका

नेपाल फ्ल्यास
असार ०१, २०७७

ADVERTISEMENT

कठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बन्दाबन्दी अवधिमा फर्म दर्ता तथा नवीकरणलगायत रोकिएका काम सोमबारदेखि पुनःसञ्चालनमा ल्याएको छ । 

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले कोभिड–१९ का कारण रोकिएका फर्महरुको दर्ता, नवीकरण, संशोधन, नामसारी, खारेजीजस्ता सेवाका लागि विभागको इमेलमा आवश्यक कागजात पठाउन आग्रह गरेको छ । 

विभागले आवश्यक कागजात इमेल गरेपछि विभागले सबै प्रक्रिया पुगेका व्यवसायीलाई सम्पर्क गर्ने जनाएको छ । 

तर, विभागले विगतमा झै सबै काम सधैँ नहुने बताउँदै बारअनुसार कामको बाँडफाँड गरिएको जनाएको छ । 

कुन दिन के काम
विभागले सोमबारदेखि कार्यालय सञ्चालनका लागि बारअनुसार कामको बाडफाँड गरेको छ । 

आइतबार, मङ्गलबार र शुक्रबार  ः 
६० लाखभन्दा कम पुँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी

सोमबार 
प्राइभेट फर्म नयाँ दर्ता, बुधबार ६० लाखभन्दा माथि पुँजी भएका प्राइभेट फर्म नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी र कम्पनीको व्यापार अनुमति दिने कार्य 

बिहीबार 
साझेदारी फर्म दर्ता, नवीकरण, संशोधन, प्रतिलिपि र खारेजी, एजेन्सी दर्ता÷नवीकरण संशोधनलगायत सेवा प्रवाह 

यो पनि