काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।
सुनको मूल्य अहिलेसम्मकै महँगो भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १ हजार ४०० रुपैयाँ पुगेको छ ।
हिजो (मंगलबार) तोलामा ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य बुधबार एकैदिन १६०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्ने क्रम नरोकिएकाले अझै बढ्न सक्ने बताएको छ ।
महासंघका अनुसार, आज (बुधबार) तेजावी सुनको मूल्य भने प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यसैगरी चाँदीको मूल्य आज प्रतितोला १ हजार २९५ रुपैयाँ पुगेको छ ।
यसअघि मंगलबार चाँदीको मूल्य १२३० रुपैयाँ रहेको थियो ।