काठमाडौं । अर्थ तथा सञ्चारमन्त्री डा. युवराज खतिवडाले राजीनामा दिने घोषणा गरेका छन् ।
शुक्रबार जारी न्त्रिपरिषद् बैठकमा उनले उनले यस्तो घोषणा गरेका हुन् ।बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकले वामदेव गौतमलाई राष्ट्रिय सभाको सदस्यमा लैजाने घोषणा गरेको थियो ।
राष्ट्रियसभाको एक सिटमा गौतमलाई सिफारिस गरेपछि खतिवडाको संसद सदस्य हुने बाटो बन्द भएपछि उनले सो पदबाट राजीनामा दिन लागेका हुन् । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई ६ महिनाका लागि मन्त्रीमा बनाएका थिए ।
प्रतिनिधि सभा र राष्ट्रिय सभाको सदस्य नभएको व्यक्ति ६ महिनाभन्दा बढी मन्त्री हुन पाउने संवैधानिक व्यवस्था छैन । सोही व्यवस्थाका कारण उनले पदबाट राजीनामा दिन लागेका हुन् ।
शुक्रबार जारी मन्त्रिपरिषद् बैठकमा सहभागी उनलाई प्रधानमन्त्री ओलीले अप्ठ्यारो बेला सरकारमा बसेर काम गरेको भन्दै धन्यवाद दिएका छन् । उनको यही बैठक अन्तिम मन्त्रिपरिषद् बैठक हुनेछ ।