काठमाडौं । शुक्रबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । बिहीबारको तुलनामा शुक्रबार सुन तोलामा ४०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९७ हजार र तेजाबी सुन प्रतितोला ९६ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार सुन तोलामा ९०० रुपैयाँले घटेर प्रतितोला ९६ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यसैगरी चाँदीको भाउ पनि शुक्रबार तोलामा १० रुपैयाँले वृद्धि भई प्रतितोला एक हजार ३३० रुपैयाँमा किनबेच भएको छ । बिहीबार चाँदीको भाउ घटेर प्रतितोला एक हजार ३२० रुपैयाँ तोकिएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा पनि शुक्रबार सुनको मूल्य बढेको छ । अघिल्लो दिनको तुलनामा सो बजारमा सुन प्रतिअउन्स ६ डलर भन्दा बढिले बढेर प्रति अउन्स एक हजार ९५१ भन्दा बढिमा खरिदबिक्री भइरहेको छ ।