काठमाडौं । नेपाली बजारमा आज (मगंलबार) सुनचाँदीको मूल्य बढेको छ । मगंलबार सुन प्रतितोला नौ सय रुपैयाँले बढेको छ ।
छापावाल सुनको मूल्य मगंलबार प्रतितोला ९४ हजार दुई सय कायम भएको छ । आइतबार ६ सयले घटेको सुनचाँदीको मूल्य सोमबार स्थिर भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मगंलबार तेजावी सुन तोलामा ९३ हजार सात सयमा कारोबार भइरहेको छ ।चाँदीको मूल्य पनि मगंलबार २५ रुपैयाँले बढेको छ । महासंघका अनुसार चाँदी मगंलबार प्रतितोला १,१७५ मा कारोबार भइरहेको छ।