काठमाडौं । नेपाली बजारमा सुनको मूल्य फेरि बढ्दो क्रममा रहेको छ । आइतबार तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको छ ।
यस्तै शुक्रबार सुन तोलामा ९७ हजार २०० रुपैयाँमा कारोबार हुँदा त्यसको अघिल्लो दिन बिहीबार तोलामा ९६ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै, सोमबार तेजावी सुन तोलामा ९७ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
यसैबीच सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२८५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।