मंसिर ०७, २०८१, शुक्रबार
               

सुनको भाउ तोलामै ७०० रुपैयाँले घट्यो

नेपाल फ्ल्यास
मंसिर ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली बजारमा सुन भाउ  लगातार ओरालो लागेको छ । कोरोना भाइरस विरुद्धको केही खोपहरूमा आशा पलाएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेपछि त्यसको प्रभाव नेपाली सुन बजारमा पनि परेको हो । 

खोपहरुमा आशा पलाउनुका साथै विश्वका अर्थ व्यवस्था खुला हुन थालेपछि लगानीकर्ताले सुरक्षित मानिने सुनमा लगानी घटाएर अन्य क्षेत्रमा लगानी बढाउन थालेसँगै सुनको भाउ घट्न थालेको छ ।

आज नेपाली बजारमा सुनको भाउ तोलामै ७०० रुपैयाँले घटेको छ । यो गिरावटसँगै आज प्रतितोला छापावाल सुन ९४ हजार ४०० रुपैयाँ र तेजाबी सुन  ९३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तिहारको बिदा पछि बुधबारबाट सुनको कारोबार खुलेको थियो । बुधबार पनि सुनको भाउ तोलामा १०० रुपैयाँ घटेको थियो । 

आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेको छ । योसँगै आज प्रतितोला चाँदी १ हजार २१५ रुपैयाँ कायम भएको छ ।


कस्तो लाग्यो ?

यो पनि