काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भएको भएको छापावाल सुन शुक्रबार १ सय रुपैयाँ बढेर ९४ हजार २०० रुपैयाँमा कारोबार भएको हो ।
यस्तै तेजावी सुन तोलामा ९३ हजार ७०० रुपैयाँमा कारोबार भएको पनि महासंघले जनाएको छ ।
यसैबीच बिहीबार चाँदीको मूल्य भने स्थिर रहेको छ ।
बिहीबार तोलामा १२८० रुपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।