काठमाडौं । सिद्धार्थ बैंकको शेयर मूल्य समायोजन भएको छ । नेप्सेले बैंकको १२ प्रतिशत बोनस शेयरपछिको मूल्य समायोजन गरेको हो । समायोजनपछिको मूल्य ४२१ रुपैयाँ निर्धारण भएको छ ।
यहि मूल्यलाई आधार मानेर आज (मंगलबार) बैंकको शेयर कारोबार खुल्नेछ । नेप्सेले अघिल्लो कारोबार दिन (सोमबार) को अन्तिम कारोबार मूल्य ४७२ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
बैंकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट १२ प्रतिशत बोनस र ३ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्न लागेको हो ।
यस बैंकको माघ १६ गते बस्ने साधारणसभाको लागि आज (मंगलबार) बुक क्लोज गरेको छ । हिजो (सोमबार) सम्म कायम शेयरधनीले बैंक सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश पाउनेछन् ।