मंगलबार सुनचाँदीको मुल्य ह्वात्तै घटेकाे छ । सोमबार प्रतितोला ८८ हजार ७०० रुपैंयामा कारोबार भएको सुनको मूल्य १७ सय रुपैया घटेकाे हाे ।
सुनचाँदी व्यवसायी महासँघका अनुसार आज प्रतितोला ८७ हजार कायम भएकाे हाे । तेजावी सुनको मुल्य प्रतितोला ८६ हजार ६५० रुपैंया कायम भएको छ ।
यस्तै, चाँदीको मुल्य पनि तोलामा ४० रुपैंयाले ओरालो लागेर प्रतितोला १ हजार २९० रुपैंया कायम भएकाे छ । हिजो चाँदीको मूल्य प्रतितोला १ हजार ३३० रुपैंया थियो ।