काठमाडौं । साताको पहिलो दिन सुन र चाँदी दुवैको मूल्य सामान्य घटेको छ । सुन चाँदी व्यवसायीका अुनसार आइतबार सुनको मूल्य तोलामा ४०० रुपैयाँ र चाँदी तोलामा पाँच रुपैयाँले घटेको हो ।
महासंघका अनुसार आइतबार छापावाला सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
अघिल्ले दिन शुक्रबार छापावाला सुन प्रतितोला ८९ अहजार ९०० र तेजाबी सुन ८९ हजार ५५० रुपैयाँमा खरिदबिक्री भएको थियो।
यसैगरी, चाँदी प्रतितोला १ हजार २७५ रुपैयाँमा कारोबार भइरहेको छ l