काठमाडौं । कोरोनाका कारण समयमै ऋण तिर्न नसक्नेहरूलाई खुसीको खबर ! नेपाल राष्ट्र बैंकले ऋण तिर्ने भाका नाघेका ऋणीलाई दबाब नदिन तथा जरिवानासमेत नगर्न बैंकहरूलाई निर्देशन दिएको हो ।
राष्ट्र बैंकले आज जारी गरेको निर्देशनमा महामारीको बेलामा कुनै पनि ऋणीलाई ऋण तिर्न दबाव नदिन तथा अतिरिक्त शुल्क नलिन निर्देशन दिइएको छ ।
यसबीचमा लिलामीको सूचना निकाल्न नपाउने निर्देशन पनि राष्ट्र बैंकले दिएको छ । वित्तीय संस्थालाई निषेधाज्ञा अवधिभर र निषेधाज्ञा सकिएको सात दिनसम्म कर्जा असुलीमा ग्राहकलाई कुनै प्रकारको हर्जाना नलिन भनेको छ ।
त्यस्तै, निक्षेप र कर्जाको ब्याजदरमा परिवर्तन आए तत्काल ग्राहकलाई विद्युतीय माध्यमबाट जानकारी गराउनसमेत निर्देशन दिइएको छ ।