मंसिर ०७, २०८१, शुक्रबार
               

५० मुरी धान उत्पादन गर्ने किसानलाई ४२ हजार ५०० प्रदान गरिने

नेपाल फ्ल्यास
जेठ २२, २०७८

ADVERTISEMENT

काठमाडौं । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाले ५० हजार मुरीभन्दा बढी धान फलाउनेलाई किसानलाई प्रोत्साहनस्वरुप ४२ हजार ५००  उपलब्ध गराउने निर्णय गरेको छ । 

मिक्वाखोला गाउँपालिकाका अनुसार कृषि उत्पादन वृद्धि गर्न किसानलाई गाउँपालिकाले कसरी प्रोत्साहन र हौसला प्रदानका लागि सो निर्णय गरिएको हो ।

५० मुरीभन्दा बढी धान फलाउने सात किसानलाई प्रोत्साहन रकम वापत ४२ हजार ५००  उपलब्ध गराउने निर्णयले उत्साहित बनाएको स्थानीय बताउँछन् । 

गाउँपालिकालाई खाद्यान्नमा आत्मनिर्भर बनाउन  र किसानलाई थप प्रोत्साहन गर्न सो नवीनतम योजनालाई कार्यान्वयन गरिएको जनाइएको छ  । पहिलोचरणमा  वडा नम्बर १, २ र ३ का सात किसानलाई सो रकम प्रदान गर्ने तयारी गाउँपालिकाले गरेको छ ।

 प्रोत्साहन पाउनेमा वडा नम्बर १ का  देवीमाया श्रेष्ठ, ज्ञानबहादुर लिम्बू, ङिमादावा शेर्पा, निमतेम्बा शेपा, वडा २ का  रबिन्द्र वनेम र  वडा नं ३ का ङिमावाङ्दी शेर्पा र होमनाथ गौतम रहेका गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङ्वाङले जानकारी दिए । 

उनका अनुसार देवीमाया र ङिमादावाले ७०/७० , ज्ञानबहादुरले ६३, ङिमातेम्बाले ६५, रबिन्द्रले ९५, ङीमावाङ्दीले ५८ र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ्क छ । उनीहरुलाई सो रकम शीध्र उपलब्ध गराइने प्रवक्ता चोङ्वाङले बताए ।


कस्तो लाग्यो ?

यो पनि