मंसिर ०७, २०८१, शुक्रबार
               

७० प्रतिशत नाफा लिने औषधि पसललाई दुई लाख जरिवाना

नेपाल फ्ल्यास
जेठ २४, २०७८

ADVERTISEMENT

काठमाडौं । नेपालगञ्जमा कोरोना महामारीको मौका छोपेर अक्सिमिटरमा ७० प्रतिशत नाफा खाएर कालोबजारी गर्ने एक औषधि पसललाई दुई लाख जरिवाना गरिएको छ ।

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देवीलाल चौलागाईंले दिएको जानकारीअनुसार नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल नजिकको इशा मेडिकल हलले दुई हजार २०० परेको अक्सिमिटर तीन हजार एक सयमा बिक्री गरेको पाइएकाले जरिवाना गरिएको हो । 

खरिद मूल्यमा २० प्रतिशतभन्दा बढी नाफा लिन नपाइने कानुनी व्यवस्था छ । अनुगमन टोलीले अनुचित व्यापारिक क्रियाकलाप गर्ने नेपालगञ्जकै गौरी मिनीमार्ट र मेचीकाली सप्लायर्सलाई जनही २० हजारका दरले जरिवाना गरेको थियो ।


कस्तो लाग्यो ?

यो पनि