सिजि ईन्टरटेन्मेन्टको आयोजनामा पाचौँ कामना अवार्डको सम्पन्न भएको छ । शनिबार भव्य समारोह बीच अवार्ड कार्यक्रम सम्पन्न गरिएको हो ।
अवार्डमा चलचित्र प्रसाद उत्कृष्ट चलचित्र घोषित हुदाँ यसै चलचित्रबाट निर्देशक दिनेश राउत, लेखक सुशिल पौडेल, अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ उत्कृष्ट ठहरिए । यस्तै पब्लिक च्वाईस अवार्डमा नायिका स्वस्तिमा खड्का उत्कृष्ट भइन् ।
नव नायिकमा चलचित्र बोबीबाट उमेश थापा उत्कृष्ट हुदाँ नव नायिकामा ए मेरो हजुर ३ बाट सुहाना थापाले अवार्ड उचालिन् । चलचित्रले ‘हरी’लाई जुरी अवार्ड प्रदान गरिएको थियो ।
समारोहमा पर्दामा लगतार योगदान दिदै आईरहनुभएका बरिष्ठ कलाकार नीर विक्रम शाह र पर्दा पछाडी निरन्तर योगदान दिदै आईरहनुभएका सन्तु तामाङलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्या सुन्दर शाक्य, ललितपुर महानगरपालिकाका मेयर चिनीकाजी महर्जन, प्रहरी प्रमूख सर्वेन्द्र खनाल लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा चलचित्र क्षेत्रका विशिष्ट व्यक्तित्वहरु राजेश हमाल, भुवन केसी, नीर शाह, मिथिल्ला शर्मा, गौरी मल्ल, करिश्मा मानन्धर, झरना थापा, शम्भुजित बाँस्कोटा लगयतको उपस्थिति रहेको थियो ।
अवार्ड समारोहमा धेरै कलाकारहरुले आफ्नो प्रस्तुती दिएका थिए ।
हेर्नुहोस् अवार्ड विजेताको सूचि :
चलचित्र : प्रसाद
निर्देशक : दिनेश राउत - प्रसाद
नायक : बिपिन कार्की - प्रसाद
नायीका : नम्रता श्रेष्ठ - प्रसाद
कामना पब्लिक च्वाईस अवार्ड : स्वस्तिमा खड्का
सह अभिनेता : दयाहाङ्ग राई - साइँली
सह अभिनेत्री : प्रियंका कार्की - नाई नभनु ल ५
डेब्यु नायक : उमेश थापा - बोवी
डेब्यु नायिका : सुहाना थापा - ए मेरो हजुर ३
सिजी क्रिटिक्स अवार्ड थिएटर : सिर्जना सुब्बा
सिजी क्रिटिक्स अवार्ड फेशन : ज्ञानी शोभा तुलाधार
सिजी क्रिटिक्स अवार्ड संगीत : न्ह्यु बज्राचार्य
कामना जुरी अवार्ड : हरी
कथाकार : खगेन्द्र लामिछाने - डमरुको डण्डीबियो
डेब्यु निर्देशक : छेतेन गुरुङ्ग - डमरुको डण्डीबियो
खलपात्र : प्रमोढ अग्रहरी - कथा काठमाण्डु
सम्पादक : निमेष श्रेष्ठ - डमरुको डण्डीबियो
पटकथा : शुशिल पौडेल - प्रसाद
संवाद : दीपकराज गिरी - छक्का पञ्जा ३
हाँस्य कलाकार : केदार घिमिरे - छक्का पञ्जा ३
बाल कलाकार : सेड्रिना शर्मा - नाई नभनू ल ५
कोरियोग्राफर : कविराज गहतराज - छक्का पञ्जा ३
द्वन्द्व निर्देशक : शुक्रराज शाह - भिलेन
पार्श्व संगीत : एलिश कार्की - डमरुको डण्डीबियो
संगीतकार : बसन्त सापकोटा - नाई नभनु ल ५
गीतकार : दिनेश थपलिया - तिम्रो आँखामा - नाई नभन्नु ल ५
गायक : हेमन्त रानामगर - साईली
गायिका : अञ्जु पन्त - सँगसँगै - बाँध मायाले
सिनेमाटोग्राफर : पुरुषोत्तम प्रधान - नाई नभन्नु ल ५
ध्वनी मिश्रण : सुनयमान श्रेष्ठ - छक्का पञ्जा ३
श्रङ्गार : श्याम लामा - चक्कर
लाईफटाईम एचिभमेन्ट अवार्ड कला : नीर बिक्रम शाह
लाईफटाईम एचिभमेन्ट अवार्ड प्राविधिक : सन्तु तामाङ
पुस्करलाल मिडिया अवार्ड : आर के मानन्धर (अध्यक्ष, ईमेज ग्रुप अफ कम्पनी)