मंसिर ०७, २०८१, शुक्रबार
               

बिजेपी नेता : कोही दीपिकाविरुद्ध खनिए, केहीको समर्थन !

नेपाल फ्ल्यास
पुस २५, २०७६

ADVERTISEMENT

जवाहरलाल नेहरू विश्वविद्यालयमा भएको मुखुण्डोधारी आक्रमणविरुद्ध ऐक्यबद्धता जनाएपछि भारतीय जनता पार्टी (बिजेपी)का केही नेता नायिका दीपिका पादुकोणविरुछ खनिएका छन् ।

गएको आइतबार दीपिका जेएनयु विश्वविद्यालयका विद्यार्थीमाथि नकाबधारीले गरेको आक्रमण प्रभावित विद्यार्थीसँग भेट्न तथा विरोध प्रदर्शनप्रति ऐक्यबद्धता जनाउन त्यहाँ पुगेकी थिइन् । त्यसलगत्तै उनको पक्ष र विपक्षमा टिप्पणी गर्न थालिएको हो ।

भाजपाका केही नेताले दीपिका विश्वविद्यालय गएकोमा गम्भीर टिप्पणी गरेका छन् ।

भाजपा नेता गोपाल भार्गवले दीपिका जेएनयु जान आवश्यक नभएको टिप्पणी गरेका हुन् । उले भनेका छन्- हिरोइनहरुले मुम्बईमा रहेर डान्स गर्ने हो, जेएनयुमा गइरहन कुनै आवश्यकता थिएन।

यता दिल्लीका दुइजना बिजेपी सांसद भने दीपिकाको समर्थनमा खुलेर लागेका छन् । सांसद मनोज तिवारीले त हिंसाको जसले पनि विरोध गर्नु स्वभाविक हुने प्रतिक्रिया दिएका छन् । उनी दिल्ली बिजेपीका अध्यक्षसमेत हुन् ।

यस्तै गायक एवं सांसद हंसाराज हंसले पनि दीपिकाको कदमको समर्थन गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि