१३ वर्ष पहिले रिलिज भएको चलचित्र ‘पर्खी बसेँ’को सिक्वोल निर्माण हुने भएको छ र गोपिकृष्ण मुभिजले नै यस चलचित्रको सिक्वोल चलचित्र निर्माण गर्न लागेको हो । शुक्रबारमात्र चलचित्र निर्माणको समचार बाहिरिएको हो ।
‘हिमालयन मुभी स्टूडियो’सँग सहकार्यमा गोपिकृष्णले बनाउन लागेको यस चलचित्रलाई निकिता पौडेल र विनोद सापकोटाले निर्माण गर्न लागेका हुन् ।
प्रदिप दाहाल र तिर्थ पौडेल सह–निर्माता रहेको चलचित्रलाई सौरभ चौधरीले निर्देशन गर्नेछन् । निर्देशक चौधरीकै कथा रहेको चलचित्र सांगीतिक प्रेमकथामा आधारित हुनेछ ।
नायक राजवल्लभ कोइराला र नायिका यूना उप्रेतीको डेब्यू चलचित्र ‘पर्खी बसेँ’ बक्स अफिसमा हिट भएको थियो । सिरिज चलचित्रमा भने को कलाकार रहने भन्ने तय भइसकेको छैन् ।