संचारकर्मी तथा लेखक डिबी खड्काद्वारा लिखित पुस्तक 'नियत' सार्वजनिक भएको छ । सोमबार एक कार्यक्रम गर्दै उक्त पुस्तक सार्वजनिक गरिएको हो । नेपाली चलचित्र जगतका तीन अभिनेत्री रेखा थापा, स्वस्तिमा खड्का र लक्ष्मी बर्देवाले पुस्तक विमोचन गरेका हुन् ।
लामो समय रंग पत्रकारिता गरेका खड्काले यस पुस्तकमा चलचित्र क्षेत्रमा रहेको नकरात्मक पक्षलाई प्रस्तुत गरेका छन् । चलचित्र क्षेत्रमा विशेषगरी महिलामाथि हुने हिंसा र शोषणलाई खड्काले पुस्तकमार्फत् सार्वजनिक गरेका छन् ।
पुस्तकबारे तीन अभिनेत्रीले वहस पनि गरेका थिए । त्यहाँ अभिनेत्री रेखाले यस कितावमा महिलाको मात्र पिडा भएको र पुरुषको पिडालाई नदेखाइएको बताइन् । उनले भनिन्, 'यहाँ पुरुषहरु पनि भिक्टिम छन् । उनीहरुको पनि कथा लेख्न सकिन्छ । यहाँ भएका पात्रहरुको भोगाई साच्चिकै दर्दनाक छ ।’
त्यस्तै अभिनेत्री स्वस्तिमाले पुस्तकमा भएका कुराहरु आफूले भोग्नु नपरेको बताइन् । उनले भनिन्, ‘मलाई यो पुस्तक पढ्दै गर्दा यसतो पनि हुन्छ र भन्ने गेको थियो । मैले नभोगेर पनि त्यस्तो लागेको हुन सक्छ ।’
अर्की अभिनेत्री लक्ष्मीले पुस्तकमा चलचित्र क्षेत्रको वास्तविकता उल्लेख गरिएको बताइन् । कार्यक्रममा उनले आफूले भोग्नु परेको नियतलाई पनि प्रष्ट पारेकी थिइन् ।