बलिउडमा गत वर्ष रिलिज भएको चलचित्र 'कविर सिंह'ले तहल्का नै पिट्यो । उक्त चलचित्र तेलिगु चलचित्र 'अर्जुन रेड्डी'को रिमेक चलचित्र थियो । यस चलचित्रले बक्स अफिसमा निकै उत्कृष्ट व्यापार गरेको थियो ।
अब भने सोही चलचित्र नेपाली भर्जनमा निर्माण हुने भएको छ । नेपाली चलचित्र निर्माण कम्पनी ‘युवा फिल्मस्’ले उक्त चलचित्रको रिमेक अनुमति लिएको हो । युवा फिल्मस्’का केशव खड्का र आशिष श्रेष्ठका अनुसार उनीहरुले उक्त चलचित्रको लागि सम्झौता गरिसकेका छन् ।
'अर्जुन रेड्डी'को निर्माण कम्पनी ‘भद्रकाली पिक्चर्स’को तर्फबाट निर्माता प्रणय रेड्डी र ‘युवा फिल्मस्’का तर्फबाट केशव खड्काले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
साउथ स्टार विजय देवगरकोन्डा अभिनित यस चलचित्रलाई सन्दीप रेड्डी भङगले निर्देशन गरेका थिए । चलचित्रले बक्स अफिसमा ५१ मिलियन कमाई गर्न सफल भएको थियो ।
ओरिजिनल र हिन्दी रिमेक दुबै सफल भएको चलचित्रको नेपाली रिमेक बनाउन निर्मनण पक्षलाई चुनौती नै हुन्छ । जसको लागि निर्माण कम्पनीले निकै मेहनत गर्नु पर्ने देखिन्छ ।
चलचित्रका कलाकार लगायत अन्य टिमको बारेमा छिट्टै सार्वजनिक गरिने निर्माण पक्षले जनाएको छ ।