गायिका आस्था राउतको एक भिडियो अहिले सामाजिक संजालमा भइरल भइरहेको छ । उनले भिडियोमा प्रहरीले आफुलाई दुर्व्यहार गरेको भन्दै प्रहरीमाथि प्रश्न उठाएकी थिइन् । उनले प्रहरीले आफूलाई ‘तँ’ सम्बोधन गरेको समेत आरोप लगाएकी छिन् ।
उक्त भिडियो सामाजिक संजालमा भाइरल भएपछि भिडियोमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ । प्रहरी प्रधान कार्यालय नक्सालले उक्त भिडियोमाथि छानविन गर्न निर्देशन दिएको हो । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीलाई अनुसन्धानका लागि निर्देशन दिइसकेको बताए ।
प्रहरीले अनुसन्धान सुरु गरेको पत्तो पाएपछि गायिका आस्ता राउतले एक स्टाटस पोष्ट गर्दै आफूले बोलेका शब्दहरु केही गलत भएको बोलेकी छिन् । उनले लेखेकी छिन्, ‘रिसको बेला मैले केही गलत शब्दहरु बोले त्यसको लागि माफी चाहान्छु । तर, प्रहरीहरुले त्यसरी गलत व्यावहर कसैलाई गर्न हुन्न ।’
प्रहरी प्रवक्ता क्षेत्री यस प्रकरणमा जो दोशी भएपनि त्यसलाई कारबाही हुने बताउँछन् । उनले भनेका छन्, ‘आस्थाजीले बोल्नु भएका शब्दहरु पनि सज्जन भएनन् । उहाँमाथि भएको व्यावहार कस्तो थियो त्यसको बारेमा पनि हामी बुझ्नेछौँ र दोशीलाई कारबाही गर्नेछौँ ।’